USAID

सर्पको टोकाइबाट एकको मृत्यु, एक घाइते


राजविराज । सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घर नजिकै डुलिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुर्याइएको थियो । थप उपचारका लागि धरान लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित नर्घोमा आज बिहान सर्पको टोकाइबाट एक किशोरी सिकिस्त भएकी छिन् । स्थानीय विन्देश्वर शर्माको २३ वर्षीय छोरी राधा शर्मालाई विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ ।

गाईगोठमा काम गरिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *