USAID

४ सय ६४ कोरोना संक्रमित थपिए, ४ सय २५ डिस्चार्ज

  • 44
    Shares

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ ।

हाल नेपाल अधिराज्यभर १० हजार २ सय सात जना क्वारेन्टिनमा रहेका छन् ।अहिलेसम्म खेटाङ, धनकुटा, रूकुम पश्चिम, संखुवासभा, मनाङ र मुस्ताङ गरी ६ जिल्ला काेराेनामुक्त भएका छन् । हालसम्म ७० जनाले काेराेनाबाट नेपालमा ज्यान गुमाएका छन् ।


  • 44
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *