वीर अस्पतालमा कोरोना संक्रमित चिकित्सक थपिँदै

काठमाडौं । वीर अस्पतालका चिकित्सक धमाधम संक्रमित हुँदै छन् । वीर अस्पतालमा विहिवार देखि चिकित्सक र बिरामीमा कोरोना देखिएसँग आज पनि थप एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आकस्मिक विभागमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीले जानकारी दिनुभयो । केहिदिनदेखि ज्वरो आएर घरमै होमक्वारेन्टाईनमा बस्नुभएका चिकित्सकको पीसीआर परीक्षण गर्दा कोरोना कोरोना प्रमाणित भएको बताउनुभयो ।

वीर अस्पतालमा बिहीबार इन्टरनल मेडिसिन विभागका चिकित्सकमा कोरोना पुष्टि भएसँगै ३ जना बिरामीलाई पनि कोरोना पुष्टि भएको थियो । डाक्टर र बिरामीलाई कोरोना पुष्टि भएपछि डाक्टर,नर्स,पारामेडिक्स तथा सरसफाई कर्मचारी गरि जम्मा ३५ जना क्वारेन्टिनमा बसेको डा सेञ्चुरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *