USAID

काेराेनाबाट वीरगञ्जमा दुई, काठमाडौंमा एकको मृत्यु

  • 9
    Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज बिहीबार पर्सामा दुई र काठमाडौँमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो दुई दिनमा मात्र –कोरोनाका कारण ९ जनाको ज्यान गएको पुष्टी भएको छ ।

साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगञ्ज–११ मुर्लीका ८० वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको हो । मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । यसैगरी आज बिहीबार बिहान वीरगञ्जस्थित अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएका ५६ वर्षीय पुरुषमा पनि साँझ कोरोना संक्रमण पुष्टि भएको हो । उनी वीरगन्ज– १० आदर्शनगरका बासिन्दा हुन् । मधुमेह र मुटुरोगबाट ग्रसित उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

यस्तै कोरोना संक्रमणका कारण काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई १७ गते श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेपछि धनुषाबाट ओमको आईसीयूमा भर्ना गरिएको थियो ।


  • 9
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *