ग्यापुले सिभिल मलका १५० पसलका सामान निःशुल्क होम डेलिभरी गरिदिने

काठमाडौँ । ग्यापु अनलाईन सपिङले सिभिल मलका १ सय ५० भन्दा बढी पसलहरुको सामान काठमाडौँका ग्राहकहरुलाई निःशुल्क होम डेलिभरी गरिदिने भएको छ । चार महिनायता अनलाईन सेवामार्फत दैनिक उपभोग्य बस्तु घरघरमा पुर्याइरहेको ग्यापुले सिभिल मलमा खरिद गरेकै दिन सामान घरघरमा निःशुल्क पुर्यादिने व्यवस्था मिलाएको हाे ।

काठमाडौँ उपत्यकावासीलाई सुपथ मूल्यमा छिटो र छरितो तरिकाले घरदैलोमा नै पुर्याउने गरी ग्यापुले गत वर्ष चैत्र २१ मा आफ्नो सेवा सुरु गरेको थियो । लकडाउनको समयमा सर्वसुलभ तरिकाले दैनिक उपभोग्य सामानहरुको समाजिक दूरी कायम राख्दै घरघरमा डेलिभरी गरेपछि ग्यापुको सेवाप्रति ग्राहकको आकर्षण बढ्दै गइरहेको छ ।

ग्राहकहरुकै मागलाई ध्यान दिँदै आफ्नो सेवा विस्तार गर्ने क्रममा ग्यापुले सिविल मलसँग बुधबार एक सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार भर्चुअल सिविल मल अब विशेषरूपमा GYAPU.COM मा मात्र उपलब्ध हुने छ । यसमा ४ लाखभन्दा बढी एसकेयु ( भण्डारण इकाइ ) उपलब्ध हुनेछन् ।

यस अनलाइनमार्फत खरिद गर्ने ग्राहकले इसेवा, फोनपे, आइएमीपे, प्रभुपे, कनेक्ट आइपियस्, सेलपेलगायत सबै प्रकारका डिजिटल माध्यममार्फत र नेपाली तथा विदेशी बैंकका कार्डहरुबाट भुक्तानी गर्न सकिने सुविधा राखिएको छ । यसैगरी यस अनलाइनमार्फत खरिद गरिएका सामानमा ६० प्रतिशतसम्म छुट दिइएकाे छ । सम्झौताअनुसार ग्यापु र सिभिल मलको यो सुविधा ग्राहकहरुले कम्तिमा दुई वर्षसम्म सदुपयाेग गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *