काठमाडौँ । नेपाली चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ ।
चलचित्रले ३० को दशकमा आधारित प्रेमकथालाई उठान गरेको छ। एउटा आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको छ । चलचित्रलाई भुवन केसीले निर्देशन गरेका हुन्। अनमोल केसीसँगै प्रिन्सी खतिवडा प्रमुख अभिनयमा छन् ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको ‘बाटुलो जून’ आगामी कार्तिक २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
