नतिजामुखी बनाउन वायुसेवा निगमलाई स्वायत्तता आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम गर्न दिनुपर्ने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री पौडेलले राजनीतिक हस्तक्षेपका कारण निगम धरासायी बन्दै गएको बताएका हुन् ।

सांसदले निगमले भोग्नुपरेका चुनौती र समाधानका पक्षमा आआफ्नो सुझाव र जिज्ञासा राखेका थिए । मन्त्री पौडेलले वर्तमान सरकारले निगमलाई पूर्ण रुपमा स्वायत्तताका साथ काम गर्न दिएको र निर्णय प्रक्रियामा पूर्ण स्वतन्त्रता दिएको प्रष्ट पारे ।

‘स्वायत्तता पाउँदा कर्मचारीहरुले नतिजा दिन सक्छन्’, उनले भने । निगमको नाफा घाटा मात्रै नभई राष्ट्रिय सम्मानको विषय भएकाले ऐतिहासिक साख जोगाउनु राज्यको दायित्व रहेकोे बताए ।

बैठकमा समितिका सभापति सुम्नीमा उदासले छलफल पश्चात निर्देशनात्मक सुझाव दिइने र त्यसैअनुसार निगमको व्यवस्थापकले कार्य सम्पादन गर्नुपर्ने प्रष्ट पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *