होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छनौट

काठमाडौं । चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छानिएको छ । विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ नेपालबाट मेरियट काठमाडौंलाई प्रदान गरेको हो । ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सुरक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ ।

सोही अनुरुप नेपालको एमएस ग्रूपद्वारा संचालित चेन होटल मेरियट काठमाडौं ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो । सन् २०१९ को अप्रिलबाट संचालनमा आएको सो होटलले छोटो अवधिमै यस अघि ५ वटा अवार्ड पाईसकेको छ । पछिल्लो समय संचालनमा आएको पाँच तारे होटलले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विभिन्न संस्थाबाट अवार्ड पाएको थियो ।

ट्रिप एडभाईजरले विश्वको होटलमध्ये २०२० मा उत्कृष्ट १० प्रतिशत होटलमा पर्न सफल भएको भन्दै उक्त अवार्डबाट सम्मानित गरेको हो । बिश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरमा हाल १४ लाखभन्दा बढी होटलहर आवद्ध रहेका छन् । जसमध्ये नेपालबाट होटल मेरियट काठमाडौंलाई छनौट गरेको हो । एमएस ग्रूपले बनाएको उक्त होटलमा २१४ कोठा रहेका छन् । होटलमा १९३ डिलक्स रुम, २० स्वीट छन् । कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको सो होटल १३ तलाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *