प्रहरी मुख्यालयका थप ६ जना प्रहरीलाई कोरोना

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो २८ जनामा देखिएको कोरोना आज थप ६ जनामा देखिएको हो । यससँगै प्रहरी हेडक्वार्टरमा कार्यरत ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको हो । संक्रमित मध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् ।

कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । उनीहरुको रिर्पोट आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *