आज पनि देशका विभिन्न स्थानमाभारी बर्षा हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले दैनिक बुलेटिन अनुसार नेपालको तराई भू(भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
अहिले बिहान पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *