USAID

सरकारकै कारण चिनीकाे भाउ अकासियाे, किलोको सय


काठमाडौं । सरकारी उदासिनताका कारण चिनीको मूल्य अकासिएर किलाको एक सय रुपियाँ पुगेको छ । नेपालमा चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले मिलेमतो गरी चिनीको मूल्य अत्यधिक वृद्धि गरी एक सय रुपैयाँसम्म पुर्याएका हुन् । तीन दिनको अन्तरालमा ८५ रुपियाँको चिनीको मुल्यमा १५ रुपियाँ बृद्धि भएको हो ।

बजार मूल्य हस्तक्षेपको भूमिका खेल्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको र खरिद गर्ने प्रक्रियामा सरकारी निकाय उदासिन हुँदा बजार मूल्य वृद्धि भएको हो । स्वदेशी उद्योगसँगसमेत मौज्दात सकिएको मौकाको फाइदा उठाउँदै व्यापारीले मूल्य बढाएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेको चिनीको खुद्रा पसलले एक सय रुपैयाँसम्म बिक्री गर्न थालेके संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

अहिले साल्ट ट्रेडिङ कर्पोरेसनसँग आपतकालीन अवस्थाका लागि भण्डारण गरी राखेको एक हजार ३ सय टन चिनी मौज्दात छ । साल्टले आफ्नो स्टक सक्ने क्रममा रहेको र नसक्दै आयात गर्नुपर्ने भन्दै गत चैत अगावै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमतिका लागि पत्राचार गरेको सहमहाप्रबन्धक कुमारराज भण्डारीले बताए । मन्त्रालयबाट पाँच महिनासम्म सहमति नआउँदा चिनी खरिद गरी आयात गर्न नसकेको उनले जानकारी दिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *