USAID

महेन्द्रनगर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर


काठमाडौं । मेगा बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

घरजग्गासम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य सहज तथा व्यवस्थित होस् भन्ने उद्देश्यले मेगा बैंकले महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरेको हो । महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।

बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि महेन्द्रनगरस्थित यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको थियो ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३२ औं एक्सटेन्सन काउन्टर भएको बैँकले जनाएको छ । मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *