प्रचण्ड र नेपाल पुरानै अडानः प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनाको अडान कायमै राखेको छन् ।

बिहीबार मध्यान्ह पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तीन नेताबीचको छलफलमा अध्यक्ष प्रचण्ड र नेता नेपालले ओलीसँग राजीनामा माग पुनः दोहोर्याएका हुन् ।

तीन नेताबीच झण्डै साढे दुई घण्टा भएको छलफलमा पार्टीको स्थायी कमिटीको बैठक स्थागित नगर्ने कुरामा मतैक्य भए पनि अन्य कुनै सहमति नभएको एक नेताले जानकारी दिएका छन् ।

‘मुख्य विषयहरुमा कुरा भएको छ, तर कुनै सहमति भने भएको छैन’, उनले भने, भोलि (शुक्रबार) स्थायी सहमति राख्ने विषयमा भने सहमति भएको छ ।

अध्यक्ष ओली र प्रचण्डबीच पाटीभित्र देखिएको विवाद समाधानमा भएको निरन्तरको वान–टु–वान छलफलामा कुनै सहमति नभएपछि आज तीन नेताहरुबीच छलफल भएको हो ।

बालुवाटार जानुअघि बिहीबार बिहान अध्यक्ष प्रचण्डले आफ्नै निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबाहादुर थापासँग छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *