आत्महत्या गरिएको भिडियो सेयर गर्नेलाई कारबाही हुन्छ : प्रहरी

काठमाडौं । आत्महत्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले शुक्रबार एक विज्ञप्ती जारी गर्दै दण्डनिय भएकाले यस्तो कार्य नगर्न भनेको छ । विज्ञप्तीमा भनिएको छ ‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचारविरुद्ध हुने, समाजमा घृणा वा द्वेष फैलाउने, साथै विभिन्न किसिमका मानसिक पीडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन पुर्‍याउने हुँदा नेपालको प्रचलित कानुन बमोजिम दण्डनीय भएकोले त्यस्ता कार्यहरु कसैले पनि नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *