एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ चयन

रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ चयन भएका छन् । नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठांै जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका छन् ।

यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जनार्दन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध चयन भएका नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ । जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेका र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *