गायक प्रेमराजा महत दम्पती कोरोनामुक्त

काठमाडौँ । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत रहेका महतले उनी र श्रीमती कोरोनामुक्त भएको बताएका हुन् ।

महतले विश्वभरीका हजारौँ इष्टमित्रको आशिर्वाद र मायाले श्रीमती कबिता र आफू कोरोनामुक्त भएको उल्लेख गर्दै सामाजिक सञ्जल फेसबुकमार्फत् सबैलाइ आभार व्यक्त गरेको छन् ।

करिब तीन हप्ताअघि सामाजिक सन्जालमार्फत् नै “समुदायका सम्पुर्ण दिदीबैनी दाजुभाइ तथा ईष्टमित्रहरूमा हार्दिक अपिल” भन्दै आफू र श्रीमतीलाई कोरोनाले संक्रमित पारेको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *