यस्तो छ ‘पार्वती’ को ट्रेलर

काठमाडौँ । भदौ १२ गते प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘पार्वती’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जीलाई देख्न सकिन्छ। जहाँ दिदीभाइको भूमिकामा देखिएका दुवैको माया पर्दामा प्रस्तुत गरिएको छ। अटिजम भएकी दिदी र भाइको भावनात्मक सम्बन्ध ट्रेलरमा देखिन्छ । अटिजम भएकी छोरीलाई समाजले हेर्ने नजर र बुवाआमाले भोग्नुपरेको सास्तीलाई ट्रेलरमा समेटिएको छ।

नीता ढुंगानाकै निर्देशनमा बनेको चलचित्रको मुख्य भूमिकामा निर्देशक ढुंगाना र अशोक दर्जी रहेका छन् । चलचित्रमा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायतको मुख्य अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *