बेलायत र युएईमा गरी तीन नेपालीको मृत्यु

काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट विदेशमा गत साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १९५ पुगेको छ । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार, साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले जनाएका छन् । अष्ट्रेलिया र युरोपका केही देशमा संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *