काठमाडौं । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टीकाे महाधिवेशनमा केन्द्रीय हाइकमान्डले प्रतिनिधि नताेकेकाे बताएका छन् ।
नेता गुरुङले भने, “केन्द्रीय कमिटीले फलानाे फलानाेलाई प्रतिनिधिमा सर्वसम्मत ल्याऊ भनेकाे हाेइन । भावनात्मक, वैचारिक र मनाेवैज्ञानिक एकताका साथ जाने भनेकाे हाे ।बहुमत र अल्पमतका आधारमा छनाेट हुनु मात्र लाेकतन्त्र हाेइन । सर्वसम्मति जाेक हाेइन, यस्ताे काम एमालेले मात्र गर्न सक्छ । सबैले हामीसँग सिक्नाेस् ।”
पार्टी अध्यक्ष केपी शर्मा ओली कमान्ड भएकाे नेता भएकाले सर्वसम्मति हुन सकेकाे उनकाे दाबी छ । उनले थपे, “ओलीले पार्टीलाई एकढिक्का राख्दा अरूलाई किन डाहा हाे ? उहाँले तानातान, हानाहान नगर भन्नुभएकाे हाे । चुनावै नगर भन्नुभएकाे हाेइन ।”
पार्टी अध्यक्षमा फेरि पनि शतप्रतिशत ओली नै दाेहाेरिने निश्चित भएकाे सचिव गुरुङले बताए । पार्टी फाेडेर, सरकार गिराएर जाने अनुशासनहीन नेताहरूकाे पार्टीलाई महाधिवेशनमा बाेलाउनुकाे ओचित्य नहुने उनको भनाई रहेको छ ।