काठमाडौँ । २ सय २० जना महिला तथा ५ सय ९८ जना पुरुष गरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा ८ हजार २६ पिसिआर परीक्षण गर्दा ८ सय १८ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
यस्तै २४ घण्टामा २ सय ८१ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर १३ हजार १ सय ५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
३ जना संक्रमितको को मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाका ५८ बर्षिय एक पुरुष, पर्साकी ५६ बर्षिय एक महिला तथा सर्लाहिकी ३३ बर्षिय एक महिला गरी ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृत्यु हुने संक्रमितको संख्या १ सय ४९ पुगेको छ ।
