नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौँ । सोमबार शेयर बजार नेप्से घटेको छ । सोमबार नेप्से १.४६ अंकले घटेको हो । आज ३५३ वटा कम्पनीको ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर ४ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।

आज कारोबारमा आएकामध्ये ११६ वटा कम्पनीको मूल्य मूल्य बढ्दा १४३ वटाको घट्यो । नेप्से घटे पनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *