संसदको दुवै सदनको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । संसदको दुवै सदनको छुट्टाछुट्टै बैठक आज बस्दै छ । सोमबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ भने बिहान ११ बजे राष्ट्रिय सभाको बैठक सुरु भएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रिपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने संघीय संसदको महासचिव डा भरतराज गौतमले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *