राष्ट्रियसभाको बैठक बस्दै, विषयगत समितिका सभापतिको निर्वाचन मिति तोकिने

काठमाडौं। आज राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन्।

त्यस्तै अध्यक्षले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् र अध्यक्षले नै राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *