सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बन्न रोनाल्डोलाई एक गोल आवश्यक

प्रज्जवल थापा  । फिफा विश्वकप-२०२२ छनोट अन्तर्गत आज हुने खेलमा पोर्चुगलले आयरल्याण्डको सामना गर्दैछ । आजको खेलमा जित निकालेको खण्डमा पोर्चुगलको विश्वकप छनोट हुने सम्भावना त मजवुत हुनेनैछ । त्यससँगै  पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आजको खेलमा गोल गरेको खण्डमा उनी अन्तराष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् ।

त्यसैलेपनि आजको खेलमा धेरैको नजर रोनाल्डोमा हुनेछ । रोनाल्डोको लागि रेकर्ड तोड्नु त दिनचर्या जस्तै बन्ने गरेको छ । उनले हरेक खेलमा सानाठुला कीर्तिमान त बनाएकै हुन्छन् । आजको खेलमापनि रोनाल्डोलाई एतिहासिक कीर्तिमान बनाउने अवसर रहेको छ । अन्तराष्ट्रिय गोलको सुचीमा हेर्ने हो भने हाल खेलिरहेका कुनैपनि खेलाडी रोनाल्डोको आसपासमै छैनन् ।

मंगलबारमात्र युभेन्टस छोड्दै पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका ३६ वर्षीय रोनाल्डो र इरानको अली दाइको नाममा समान १ सय ९ गोल रहेको छ । सन् २००६ मा अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका दाइले १ सय ४९ अन्तराष्ट्रिय खेल खेलेका थिए । रोनाल्डोले युरोकप-२०२० अन्तर्गत फ्रान्सविरुद्ध भएको समूहचरणको खेलमा दुई गोल गर्दै दाइको गोलसँग बराबरी गरेका थिए । रोनाल्डो प्रतियोगिताको उक्त सावार्धिक गोलकर्तापनि चुनिएका थिए । हालसम्म रोनाल्डोले पोर्चुगलबाट रोनाल्डोले १ सय ७९ खेल खेलेका छन् । उनले २००३ मा १८ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

पोर्चुगलले विश्वकप छनोट अन्तर्गत आज हुने खेलमा आयरल्याण्डको सामना गर्नेछ भने सेप्टेम्बर ४ मा हुने मैत्रीपूर्ण खेलमा कतारसँग खेल्नेछ । यस्तै पोर्चुगलले सेप्टेम्बर ७ मा हुने विश्वकप छनोटको खेलमा अजरबैजानसँग भिड्नेछ । हिजो भएको प्रेस कन्फरेन्समा पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोले तीन वटै खेल खेल्ने बताएका थिए । त्यसैले रोनाल्डोलाई आफ्नो गोल संङ्ख्या बढाउने राम्रो अवसर रहेको छ ।

सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी नवौं स्थानमा(सक्रियमा तेस्रो स्थान) रहेका छन् । उनले अर्जेन्टिनाबाट १ सय ५१ खेल खेल्दै ७६ गोल गरेका छन् । उनले जुलाईमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

अन्तराष्ट्रिय खेलमा सार्वाधिक गोल गर्ने सक्रिय खेलाडीको सुची

क्र.स

खेलाडीको नाम देश गोल संङ्ख्या

१.

क्रिस्टियानो रोनाल्डो पोर्चुगल १०९

२.

अली माब्खोउट

युएई ७६

३.

लियोनल मेस्सी अर्जेन्टिना

७६

४. सुनिल क्षेत्री भारत

७४

५. रोबर्ट लेवान्डोस्की पोल्याण्ड

६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *