त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं । सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव किशोर थापालाई नियुक्त गरेको छ । प्रधानमन्त्री बालेन साहले थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त थियो । थापा पूर्वाधार विज्ञ हुन् ।

थापा केही समय विवेकशील साझा पार्टीमा आवद्ध भएर २०७४ सालमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए । तर उनी निर्वाचनमा पराजि भएका थिए । त्यसपछि उनी पार्टी छाडेर बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *