माधव नेपाल पक्षको केन्द्रिय कमिटी बैठक आजलाई स्थगित

काठमाडौं। नेकपा (एमाले) माधव कुमार नेपाल पक्षले आज विहान ११ बजेका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बैठक भोलीलाई सारिएको हो ।

केही सदस्यहरु उपत्यका बाहिर रहेकाले आजलाई तय गरिएको बैठक भोलिसम्मलाई स्थगित गरिएको केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी भित्रको विवाद, आफुहरुको समर्थनमा बनेको देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागिता हुने वा नहुने लगायतका विषयमा छलफल गर्न नेपाल पक्षले केन्द्रीय कमिटी सदस्यहरुको बैठक आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *