एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । सोमबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई ४-१ गोलले हराउँदै लिड्स लिगको शीर्ष तीनमा उक्लिएको हो ।
इल्यान्ड रोडमा भएको खेलमा लिड्सलाई जित दिलाउन जेडन बोग्ले, डोमिनिक काल्भेर्ट-लेविन र नोह ओकाफोरले समान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । न्युक्यासलको लागि बाजोउमाना टोरेले एक गोल फर्काए । खेलको ३२ औँ मिनेटमा लेविस मिलेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लिड्सले खेलमा शुरुवाती अग्रता लिएको थियो ।
३४ औँ मिनेटमा बोग्लेले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा काल्भेर्ट लेविनले गोल गर्दै लिड्सलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए । ५९ औँ मिनेटमा ओकाफोरले गोल गर्दै लिड्सलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ९० औँ मिनेटमा टोरेले न्युक्यासलको लागि सान्तवना गोल गरे ।
जितसँगै लिड्स ४ खेलबाट ८ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ५ अंक ज्दोएको न्युक्यासल १२ औँ स्थानमा रहेको छ ।
