बन्दीपुर गाउँपालिकाद्वारा ५१ करोड ३४ लाखको बजेट पारित

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५१ करोड ३४ लाख एक हजार ५०० रुपैयाँको बजेट पारित गरेको छ । नवौँ गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो । यही असार १० गते शुरु भएको गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

गाउँपालिकालाई सङ्घ सरकारमार्फत वित्तीय समानीकरण अनुदान बापत नौ करोड चार लाख, सशर्त अनुदान बापत १८ करोड ७५ लाख, विशेष अनुदानबापत दुई करोड ४९ लाख, राजश्व बाँडफाँट बापत छ करोड ५४ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।

गण्डकी प्रदेश सरकारमार्फत वित्तीय समानीकरण अनुदान बापत एक करोड पाँच लाख ३१ हजार, राजश्व बाँडफाँट बापत ८९ लाख ३२ हजार, विशेष अनुदान बापत ५० लाख र समपुरक अनुदान बापत ५० लाख प्राप्त हुने अनुमान गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *