अमेरिकी राष्ट्रपति चुनाव, तीन चौथाई मतदाताले हुलाक मार्फत मतदान गर्ने

वासिंगटन । अमेरिकामा यसैवर्ष हुन लागकाे राष्ट्रपति चुनावका लागि तीन चौथाइ मतदाताले हुलाकमार्फत् भोट दिन सक्ने भएका छन् । हुलाकमार्फत मतदान गर्नेको संख्या करिब ८ करोड रहेको द न्युयोर्क टाइम्सले जनाएको छ । यो संख्या अमेरिकी इतिहासमा सबैभन्दा धरै हाे र सन् २०१६ को तुलनामा दुई गुणाले बढी हो ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण धेरैजसो राज्यमा हुलाकबाट मतदानको तयारी गरिएको हो । अमेरिकी राष्ट्रपतिको चुनाव हुन अब सय दिनभन्दा कम सयम बाँकी छ ।

जुलाई १२ देखि अगस्ट १२ को बीचमा राष्ट्रपति चुनावलाई लिएर गरिएका फरक फरक ३२ सर्वेक्षणका नतिजा सार्वजनिक भएका छन् । यी सबैमा डेमोक्र्याट्स जोय् बाइडेनलाई रिपब्लिपकन प्रत्यासी डोनाल्ड ट्रम्पविरुद्ध अग्रता प्राप्त भएको छ । यीमध्ये आधा सर्वेक्षणमा दुई बीचको अन्तर ५ प्रतिशत भन्दा कम रहेको छ । राष्ट्रिय औषतमा बाइडेनलाई ५१ र ट्रम्पलाई मात्र ४१ प्रतिशत मत अर्थात बाइडेनले ट्रम्पले भन्दा १० प्रतिशतले कम मत प्राप्त गर्ने सर्वेक्षणले देखाएको छ ।

डेमोक्र्याट समर्थमा ९१ प्रतिशत बाइडेनको साथमा देखिएका छन् भने रिपब्लिकनमा ८७ प्रतिशत ट्रम्पका साथमा छन् । ट्रम्पले आफुलाई पछाडि परेको देखाएका सर्वेक्षणलाई फर्जी बताउँदै यस पटक पनि आफु जित्ने दाबी गरेका छन् ।

कमिसन अन प्रसिडेन्सियल डिबेटको कार्यक्रमण अनुसार अमेरिकामा नोभेम्बर ३ मा हुन गइरहेको राष्ट्रपति चुनावका लागि ट्रम्प र बाइडेनबीच एउटै मञ्चमा बादविवाद गरिने भएकाे छ । उनीहरु बीच पहिलो बहस सेप्टेम्बर २९ मा ओहायोको क्लिवल्यान्डमा हुनेछ । दोस्रो बहस अक्टोबर १५ मा फ्लोरिडाको मियामीमा र तेस्रो अक्टोबर २२ मा टेनेसीमा हुनेछ । यी सबै बहस ९० मिनेटको हुने र यसलाई ह्वाइट हाउसको पुल नेटवर्कले कुनै विज्ञापनबिना सिधा प्रसारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *