भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोनाभाइरस संक्रमण

भारत । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको देखिएको छ । ८४ वर्षीय मुखर्जीको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

आइतबारसम्मको परिक्षणमा भारतमा २२ लाख बढी संक्रमित बेला परिसकेका छन् । आइतबार मात्रै थप ६२ हजार ११७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

विश्वभर २ करोडको हाराहारी संक्रमति भइसकेका छन् । हाल सबै भन्दा बढी संक्रमित भएको अमेरिकामा संक्रमितको संख्यामा कमि आउन थालेको छ भने भारतमा अझै बढ्दो क्रममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *