बुटवल । कोरोना महामारीको कारणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुटवलस्थित प्रदेश नं ५ कार्यालयलाई सिल गरिएको छ । प्रदेश कार्यालयमा नियमित काम गर्दै आएका कार्यकर्तालाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त कार्यालय सिल गरिएको हो ।
बुधबार समुदायस्तरमा गरिएको कोरोना (पिसिआर) परिक्षणमा कार्यालयको बैठकमा नियमित सहभागी एक स्थानीय नेतालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि प्रदेश कार्यलयलाई अनिश्चित समयको लागि बन्द गरिएको प्रदेश कार्यालयले जनाएको छ ।