मन्त्रीबाट बर्खास्तीपछि सोनल मोटरसाइकलमा घर फिर्ता

जनकपुरधाम । प्रदेश दुईका भौतिक पूर्वाधार विकासमन्त्री पदबाट पदमुक्त भएका जितेन्द्र सोनल मोटरसाइकल चढेर मन्त्री क्वार्टरबाट बाहिरिएका छन् ।

आइतबार राति पदमुक्त भएपछि कर्मचारी, नागरिक समाज र प्रदेश सरकारलाई धन्यवाद दिँदै आफूले प्रयोग गर्दै आएको सावरी साधन सरकारलाई बुझाएर मोटरसाइकलमा झोला बोेकेर मन्त्री निवासबाट बाहिरिएका हुन् ।

मन्त्री पदबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने उनले बताए । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहँदा सडक र सिंचाइ क्षेत्रमा प्रदेशले फड्को मारेको उनले दाबी गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित ४ जनलाई पदमुक्त गरेका थिए । सोनलसहित भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *