बुफनले युभेन्टस छाड्ने

एजेन्सी । युभेन्टसका गोलरक्षक जियान्लुइजी बुफनले सिजनको अन्त्यमा युभेन्टस छाड्ने भएका छन् । बुफनले एक अन्तरवार्तामा बोल्दै यस सिजको अन्त्यमा क्लब छाड्ने बताएका हुन् ।

हाल इटालियन क्लब युभेन्टससँग आबद्ध रहेका बुफनको सम्झौता यसै सिजनको अन्त्यमा सकिदैछ । सन् २०१८ मा युभेन्टस छाड्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) पुगेका बुफन एक वर्षको बसाइ पश्चात फेरि युभेन्टस फर्किएका थिए ।

४३ वर्षिय बुफनले क्लबसँग नयाँ सम्झौताको बारेमा कुरा नभएको बताए । उनले भने, ” मैले यस सिजनको अन्त्यमा क्लब छोड्ने निधो गरेको छु । मैले क्लबसँग सम्झौता नविकरण गर्नेछैन ।” बुफन फ्रि एजेन्टको रुपमा क्लब छोड्नेछन् । यससँगै कि बुफन अन्य कुनै क्लबमा अनुबन्ध हुनेछन् अथवा २६ वर्षिय यही बिट मार्नेछन् ।

बुफनले क्लब र देशको लागि गरेर १ हजार भन्दा बढी खेल खेलिसकेका छन् । उनले इटालीको लागि १ सय ७६ खेल खेलेका छन् । सन् २००१ मा महँगो गोलकिपरको रुपमा युभेन्टसमा अनुबन्ध हुनु अघि उनले पार्माबाट २ सय २० खेल खेलेका थिए ।

युभेन्टसका लेजेन्ड बुफनले युभेन्टसबाट १० सिरी ए, ४ कोपा इटालिया जितिसकेका छन् । यस्तै उनले पार्मा र पिएसजीबाटपनि उपाधि चुमेका छन् । बुफनले सन् २००६ मा इटालीबाट विश्वकपपनि उचालेका थिए । तर बुफन युईएफए च्याम्पियन्स लिगमा भने अभागि खेलाडीको रुपमा सावित भएका छन् । उनले ३ वटा च्याम्पियन्स लिगको फाइनल खेलमा हार बेहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *