प्रज्जवल थापा । इटालियन लिग सिरि एमा आज दुई ठुला क्लब युभेन्टस र एसी मिलान भिड्दैछन् । एल्लिनाज रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२:३० बजे शुरु हुनेछ ।
सिरि एको उपाधि भने इन्टर मिलानले जितिसकेको छ । आज हुने खेल जित्दै दुवै टोली दोस्रो स्थानमा उक्लिन चाहन्छन् । हाल युभेन्टस ३४ खेलबाट ६९ अङ्क जोड्दै लिगको चौथो स्थानमा छ । समान खेलबाट ६९ अङ्क नै जोडेको एसी मिलान हेड टु हेडमा पछि रहँदै पाँचौ स्थानमा छ ।
युभेन्टसले आफ्नो पछिल्लो ५ खेलमा ३ जित, १ हार र १ बराबरको नतिजा निकालेको छ भने मिलानले ३ जित र २ हारको नतिजा निकालेको छ । दुई टोलीबिच भएको पछिल्लो २४ भेटमा २३ खेल युभेन्टसले जितेको छ भने मिलानले ७ खेल आफ्नो पोल्टामा पारेको थियो ।
