सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता


सिरहा।सिरहामा आर्थिक वर्ष २०७६÷७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्र्ता भएको एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ ।

कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४१७ वटा, पशुपालनका ४० तथा कुखुरापालनका १५ वटा नयाँ उद्योग दर्र्ता भएको छ । सेवा उद्योगतर्फ होटल १०१, निर्माणका ५९, ढुवानीका ५५ वटा उद्योग दर्र्ता भएको छ । या सङ्ख्या आर्थिक वर्ष २०७५÷७६ मा दर्र्ता भएको भन्दा कम हो । योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ४२६ वटा, कृषि तथा वनजन्य उद्योग एक हजार ६४८ र सेवा उद्योग तीन हजार ६३३ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या छ हजार ५५७ पुगेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दिपेन्द्रकुमार यादवले जानकारी दिए । नयाँ उद्योग दर्र्ताबाट रु ४० लाख २९ हजार १०० राजस्व सङ्कलन भएको छ ।

गत आव २०७५÷७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग उद्योग दर्र्ता भएको थियो । यसमध्ये उत्पादनमूलक उद्योग १९१ वटा, सेवामूलक उद्योग ७४० वटा र कृषि तथा वनजन्य उद्योग ५५८ गरी एक हजार ४९१ वटा नयाँ दर्र्ता भएको थियो । बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहजरुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै सिरहामा घरेलु तथा साना उद्योग दर्र्ता गराउने क्रममा वृद्धि भएको प्रमुख यादवको भनाइ छ ।

प्रवक्ता रेग्मीका अनुसार सडकको क्षेत्राधिकार मिचेका घर भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाइएको उनले बताए ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमालसहित सात जनाको घर आज भत्काइएको हो । कालिका पथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजना बनाएको छ । पुरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ ।

यो सडकको विस्तारका लागि प्रदेश नं ५ सरकारले बजेट व्यवस्था गर्नेछ । बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ । विस्तृत परियोजना प्रतिवेदनमा यो सडक विस्तारको काम सम्पन्न हुन झण्डै रु एक अर्ब खर्च हुने उल्लेख छ ।

विसं २०५४ मै यो सडकलाई ८२ फुट ९२५ मिटर० कायम गरी विस्तारको योजना बनाइएको थियो । केही व्यक्तिको अवरोधका कारण सडक मिचिएका संरचना भत्काउन नसक्दा विस्तार हुन सकेको थिएन । अहिले अधिकांश स्थानीयवासीको साथ पाएपछि मूल सडकजस्तै भित्री सडक पनि स्तरोन्नति गर्न लागिएको हो ।

सडक यो आर्थिक वर्षमै सम्पन्न हुने उपमहानगरपालिकाले जनाएको छ । “केही घरधनीले अटेर गर्दा सडक विस्तारको काममा अवरोध आएको थियो तर अब काम दु्रत गतिमा अघि बढ्छ”, उपमहानगरपालिकाका प्रवक्ता रेग्मीले भने, “ भदौमा नाली सम्पन्न भई आगामी असारसम्म सडक विस्तारले पूर्णता पाउँछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *