काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४२ दशमलब ७८ अङ्कले घटेर एक हजार ३९६ दशमलब ७८ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८ दशमलब १९ ले घटेर २९२ दशमलब ७७ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूूल १८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता शेयर रु एक अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ मूल्यमा खरिद बिक्री भए ।
आज कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४१ दशमलब ४८, व्यापार १६ दशमलब ७, होटल ७१ दशमलब ४३, विकास बैंक ५४ दशमलब ४, जलविद्युत् १४ दशमलब ४१, वित्त १४ दशमलब २५, निर्जीवन बीमा २३१ दशमलब ६६, उत्पादन ६६ दशमलब ६२, अन्य १२ दशमलब २६, लघुवित्त ७४ दशमलब ७७, जीवन बीमा २८३ र सामूहिक लगानी कोष शुन्य दशमलब ०७ ले घटेको छ ।
कारोवारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु २२ करोड ६५ लाख १७ हजार ७५ बराबरको कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ५६ लाख ८२ हजार ५४३, एनएमबी बैंक रु आठ करोड ४१ लाख ७२ हजार ८६५, हिमालयन डिस्टिलरी रु सात करोड ३५ लाख १२ हजार २५६, एनआइसी एशिया बैंक रु छ करोड ९९ लाख २६ हजार ३५०, र शिखर इन्स्योरेन्स कम्पनीको रु छ करोड ४१ लाख चार हजार १५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा आज चौतारी लघुवित्त ९ दशमलब ९८, अजोड इन्स्योरेन्स ९ दशमलब ९७, नेपाल फाइनान्स ९ दशमलब ६३, छ्याङदी हाइड्रोपावरका शेयरधनीले ९ दशमलब ४१ प्रतिशतले कमाए । त्यस्तै, जोशी हाइड्रो पावर ९ दशमलब ७२, ओरियन्टल होटल ७ दशमलब ८८, हिमालन ऊर्जा ७ दशमलब ८४, खानीखोला हाइड्रोपावर ७ दशमलब २७, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ६ दशमलब ४९ प्रतिशतले कमाए ।
