रोनाल्डोले गरेको गोललाई मान्यता नदिँदा बराबरीमा रोकिन बाध्य पोर्चुगल

प्रज्जवल थापा । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा गरेको गोललाई मान्यता नदिँदा पोर्चुगल बराबरीमा रोकिन बाध्य भएको छ । गएराति फिफा विश्वकप-२०२२ को युरोपेली छनोट अन्तर्गत भएको खेलमा पोर्चुगलले सर्बियासँग २-२ होलको बराबरी खेलेको हो ।

पोर्चुगलको लागि डिएगो जोटाले दुई गोल गर्दा सर्बियाको लागि एलेक्सान्डर मेट्रोभिक र फिलिप कोस्टिकले एक/एक गोल गरे । खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल बराबरीमा रोकिन बाध्य भयो । ११ औं मिनेटमा बर्नाडो सिल्भाको पासमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा सेड्रीकको पासमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको पहिलो मिनेटमै रान्डोजिकको पासमा मेट्रोभिकले गोल गर्दै सर्बियालाई २-१ को स्थितिमा ल्याएका थिए । ६० औं मिनेटमा रान्डोभिककै पासमा कोस्टिकले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए । यस्तै दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई जितको नजिक पुर्याएका थिए । तर रेफ्रीले बल गोल राइनबाट क्लियर गरेको भन्दै गोल नदिएपछि दुवै रोनाल्डो र पोर्चुगल निराश भए ।

बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बाढेका छन् । सर्बिया २ खेलमा ४ अङ्क जोड्दै समुहको शिर्ष स्थानमा छ भने समान अङ्क जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । समुहको अर्को खेलमा लुक्सेमबर्गले आयरल्यान्डलाई १-० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *