प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ को युरोपियन छनोट अन्तर्गत आज हुने खेलमा स्पेनलाई ग्रीसले आफ्नो चुनौती पेश गर्दै छ । लोस कार्मेनेस ग्रानाडामा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल जित्दै स्पेन जितसहित छनोटको शुरुवात गर्न चाहन्छ । स्पेनले आफ्नो पछिल्लो खेलमा जर्मनीलाई ६-० गोल अन्तरले पराजित गरेको थियो । स्पेन पछिल्लो तीन खेलमा अपराजित रहेको छ ।
यता ग्रीसपनि आजको खेलमा सकारात्मक नतिजा निकाल्दै छनोटको सुखद शुरुवात गर्न चाहन्छ । ग्रीस आफ्नो पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।
