अफगान सुरक्षाबलको कारबाहीमा परी १२ तालिबान लडाकूको मृत्यु

अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा तालिबानविरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । कारबाहीका क्रममा अन्य पाँच तालिबान लडाकू घाइते भएका सुरक्षा श्रोतले जनाएको छ ।

तालिबान लडाकू लुकेर बसेको इलाकामा सो कारबाही भएको थियो । कारबाहीका क्रममा सुरक्षाबलले तालिबानले योजना गरेको एम्बुस, विस्फोटक पदार्थ ५५ थान बरामद गरेको बताइएको छ । तालिबान लडाकू समूहले भने कारबाहीको विषयको केही टिप्पणी गरेका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *