बाल मन्दिरको जग्गा भाडा प्रकरणमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले बाल मन्दिरको जग्गा भाडा प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । पक्राउ परेकाहरूमाथि सीआईबीले अनुसन्धान अघि बढाएको एसएसपी अनुपमशम्शेर जबराले जानकारी दिएका छन् । जग्गा भाडमा दिँदा उनीहरूको भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *