काठमाडौं । सभामुख डीपी अर्यालले विपक्षी दलहरुलाई विरोधको शैली फेर्न आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन साहको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले उठेर विरोध गरेपछि सभामुखले यस्तो बताएका हुन् ।
सभामुखले विपक्षी दलहरूको तर्फबाट एक जनाले कुरा राख्ने र सभालाई अगाडि बढाउन आग्रह गरेका थिए । त्यसअनुसार नेपाली कांग्रेसकी सांसद नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई समय दिए । तर एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा विपक्षी दलहरू सहमत नभएपछि सभामुखले संसदमा विरोध गर्ने शैली फेर्न विपक्षीलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘मैले माननीय सदस्यहरूलाई आग्रह गरे बमोजिम नै माननीय सदस्यहरूको विरोध गर्ने शैली पनि विरोध पनि के विषयमा मात्रै बोल्नुस्, त्यहाँबाट बाहिर नजानुस् भनेर सभामुखले भनिरहनुपर्ने अवस्था आउनु राम्रो होइन।’
