९ वटा विधेयक संसदमा पेश गर्नका लागि स्वीकृत दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले ९ वटा विधेयक संसदमा पेश गर्नका लागि स्वीकृत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ९ वटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

उनकाअनुसार बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *