विश्वकप छनोट: पोर्चुगलको संघर्षपुर्ण जित

प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ छनोट अन्तर्गत भएको खेलमा पोर्चुगलले संघर्षपुर्ण जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले अजरबैजानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा पोर्चुगलले एक गोल उपहार पाएको थियो । खेलको ३७ औं मिनेटमा मेड्भेडेभले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पोर्चुगलले खेलमा अग्रता लिएको थियो । खेलमा पोर्चुगलले लगातार आक्रमण बुनेपनि विपक्षी गोलरक्षक महामाडेलिएभ बाधक बन्दा गोल अन्तर बढाउन सकेन ।

यससँगै पोर्चुगलले विश्वकप छनोटको यात्रा जितसहित शुरुवात गरेको छ । यस्तै समूहको अर्को खेलमा सर्बियाले आयरल्याण्डलाई ३-२ गोलले पराजित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *