म्यान्मारमा ६ सय भन्दा बढी प्रदर्शनकारी रिहा

म्यान्मारमा सैनिक ‘कू’ को विरोधमा भएको प्रदर्शनमा लागेका ६ सय भन्दा बढी प्रदर्शनकारीलाई सेनाले बुधबार रिहा गरेको छ । कारागारका एक वरिष्ठ अधिकारीले ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेको जानकारी दिएका हुन् ।

म्यान्मारमा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । प्रदर्शनका क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *