प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ छनोट अन्तर्गत आज हुने खेलमा पोर्चुगल र अजरबैजान भिड्दै छन् । एल्लिनाज एरिनामा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।
पोर्चुगल आजको खेल जित्दै विश्वकप छनोटको यात्रा जितसहित शुरुवात गर्न चाहन्छ । पोर्चुगल आफ्नो पछिल्लो ५ खेलमा ३ हार, १ बराबर र १ हारको नतिजा निकालेको छ । यता अजरबैजानपनि आजको खेलमा सकारात्मक नतिजाको अपेक्षामा रहेको छ । अजरबैजान पछिल्लो ४ खेलमा अपराजित रहेको छ र विपक्षीको पोस्टमा गोल गर्न सकेको छैन ।
दुई टोलीबिच भएको पछिल्लो दुई भेटमा दुवै खेल पोर्चुगलले आफ्नो पोल्टामा पारेको थियो ।
