सिन्धुलीको दुधौलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

आइतबार दिउँसो करिब १ः१५ बजे काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ०१–०२८ च २७८३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका पाँचै जनालाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको थियो । उपचारका क्रममा दिउँसो २ः१५ बजे चिकित्सकले जिप चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी करिब ४२ वर्षीय मातृका भट्टराईलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मृतककी श्रीमती ३८ वर्षीया प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र १३ वर्षीय अतर्व भट्टराई घाइते भएका छन् । प्रमिला, आयन्स र रेनुकाको अवस्था मध्यम रहेको छ भने अतर्वको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *