अहिले कांग्रेसको सभापति मै हुँ, महाधिवेशन पछाडि अर्को साथी आउनुहुन्छः देउवा

कर्णाली । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक आफूहरुले पाउने दाबी गरेका छन् ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समूहको प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका हुन् ।

उनले भने,‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ, अदालतमा विचाराधीन रहेको मुद्धामा धेरै बहस नगरौं, तर अदालतले हामीलाई न्याय दिन्छ भन्ने विश्वस्त छु । अहिले कांग्रेसको सभापति मनै हुँ, महाधिवेशन पछाडि अर्को साथी सभापति रुपमा आउनुहुन्छ ।’

उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए । उनले देशका जनता र कांग्रेस पार्टीले आफूलाई पाँचपटक सम्म प्रधानमन्त्री बनाएको भन्दै अब आफुलाई केही नचाहिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *