बागडोगरा उडानमार्फत भारतले नेपालको चीनसम्बन्धी सुरक्षा संवेदनशीलता जाँच्न खोजेको एसडी मुनीको टिप्पणी

काठमाडौं । भारतीय कूटनीतिज्ञ तथा नेपाल मामिलाका जानकार एसडी मुनीले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणको समीक्षा गर्दै भ्रमण दृश्यात्मक प्रस्तुति र प्रतिबद्धताका हिसाबले राम्रो भए पनि ठोस उपलब्धिका दृष्टिले कुनै महत्वपूर्ण सफलता हासिल हुन नसकेको टिप्पणी गरेका छन्।

सामाजिक संजालमार्फत मुनीले उनले नेपाल र भारतबीच जारी संयुक्त दृष्टिकोणपत्रलाई भारतको कूटनीतिक औजारका रूपमा व्याख्या गरेका छन्। उक्त दस्तावेजको कार्यान्वयन भने नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर रहने उनको भनाइ छ।

मुनीले भारतले बागडोगरा जाने उडानका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्न गरेको मागबारे पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘भारतले बागडोगरा उडानका लागि नेपालको हवाई क्षेत्र प्रयोग गर्न राखेको माग चीनसँग सम्बन्धित आफ्नो सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गरेको थियो। तर, कम्तीमा अहिलेसम्म नेपाल त्यस विषयमा भारतलाई सहयोग गर्न तयार देखिएको छैन।’

उनले बालेनको भारत भ्रमण प्रचारात्मक पक्ष र प्रतिबद्धताका हिसाबले प्रभावशाली देखिए पनि अपेक्षाकृत नभएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘बालेनको भारत भ्रमण प्रचारात्मक पक्ष र प्रतिबद्धताका हिसाबले प्रभावशाली देखिए पनि विषयवस्तुका दृष्टिले अपेक्षाकृत सामान्य रह्यो। भ्रमणका क्रममा कुनै ठोस उपलब्धि हासिल भएन र दुवै देशलाई स्वीकार्य हुने ठोस परिणाम पनि निस्कन सकेन । संयुक्त दृष्टिकोणपत्र भारतको कूटनीतिक औजारका रूपमा रहेको छ। यसको कार्यान्वयन भने नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर रहनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *