काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँग सुनको मूल्य तोलाकाके दुई लाख ४५ हजार ४०० रुपैयाँमा निर्धारण गरिएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
