इटालीसँग फ्रान्सको हार, स्पेनको विजयी यात्रा जारी

एजेन्सी । युईएफए नेसन्स लिगमा स्पेनले आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदा फ्रान्स इटालीसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा इटालीसँग ३-१ गोलले पराजित भएसँगै फ्रान्सले मुख्य प्रशिक्षक जिनेदिन जादिनको कार्यकालको पहिलो हार बेहोरेको हो ।

मिलानोमा भएको खेलमा इटालीलाई जित दिलाउन फ्रान्सेस्को पियो इस्पोसिटोले दुई गोल गर्दा डेभिड फ्राट्टेसीले एक गोल थपे ।फ्रान्सको लागि मिकेल ओलिसेले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्स पराजित हुन पुगेको हो ।

खेलको १० औँ मिनेटमा ओलिसेले गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा फ्रान्सेस्को पियो इस्पोसिटोले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा ल्याए । ६३ औँ मिनेटमा फ्राट्टेसीले गोल गर्दै इटालीलाई २-१ गोलको अग्रता दिलाए । ७५ औँ मिनेटमा इस्पोसिटोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३-१ गोलको अग्रता दिलाएका थिए । त्यसअघि उनी ६० औँ मिनेटमा पेनाल्टीमा चुकेका थिए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इटाली ३-१ गोलले विजयी भएको हो । जितसँगै इटाली र स्पेन ५ खेलबाट समान १०/१० अंक जोड्दै समूह ए १ को क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

गएरातिनै भएको अर्को खेलमा चेक रिपब्लिकलाई २-० गोलले हराउँदै स्पेनले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो । स्पेनलाई जित दिलाउन एलेक्स बएना र मार्क पुबिलले समान एक/एक गोल गरे ।

जितसँगै स्पेन ५ खेलबाट १५ अंक जोड्दै समुह ए ३ को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन चेक पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *